काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्दैछ। यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएको हुनाले फागुन १४ गते निर्वाचन हुन लागेको हो।
त्रिविले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आङ्गिक क्याम्पसलाई पत्र पठाउँदै निर्देशन दिइसकेको छ। स्ववियु चुनावको मिति तय भएसँगै त्रिवि अन्तगर्तका कलेजहरुको माहोल एकाएक तातिएको छ। काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्नराज्य (आरआर) कलेजमा पनि विद्यार्थीहरुको राजनितिक गतिविधि ह्वात्तै बढेको छ। विद्यार्थी नेताहरुले कलेजमा रहेका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्न शुरु गरिसकेका छन्।
आरआर कलेजको स्ववियु सभापतिको सम्भावित उम्मेद्वार हुन् कालिकोटका शिव शंकर उपाध्याय। यो नाम आरआर कलेजका विद्यार्थीको लागि नौलो नाम होइन। कालिकोटजस्तो दुर्गम जिल्लाबाट काठमाडौं आएका उपाध्याय विद्यार्थी राजनितिमा छलाङ मार्ने तयारीमा छन्।
आरआर कलेजमा उपाध्यायले लोकप्रिय विद्यार्थी नेताको छवि बनाइसकेका छन्। उनले सानै उमेरदेखि नै आफ्नो राजनितिक यात्रा शुरु गरेका हुन्। आरआर कजेलका विद्यार्थीहरुको समस्या समाधानमा उनी सक्रिय भएर लागिरहेका छन्। हाल अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) आरआर क्याम्पस कमिटिका सह-सचिव रहेका उनले स्थानिय स्तरमा पनि विपतका समयमा थुप्रै सहयोगि कार्यक्रमहरु सञ्चालन गरिसकेका छन्।
हाल आर आर क्याम्पस स्ववियुको सहसचिव समेत रहेका उपाध्यायले नेपाली पब्लिकसँगको कुराकानीमा शैक्षिक मुद्दामा विद्यार्थी आन्दोलन कमजोर भएको बताएका छन्। ‘देशमा पछिल्लो समय विद्यार्थी आन्दोलन कमजोर भएको छ,’ उनले भने, ‘विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले मैले पनि स्ववियु चुनावमा होमिने निर्णय गरेको छु। आशा छ टिकटसँगै विद्यार्थीको साथ पनि पाउनेछु।’ उनले आफू सधैं विद्यार्थीको हतहितको लागि लडिरहेको जनाउँदै आगामि दिनहरुमा पनि त्यसलाई निरन्तरता दिने बताएका छन्।
त्यस्तै आरआर क्याम्पसको स्ववियु पदाधिकारीमा लड्ने तयारी छन् अर्का विद्यार्थी नेता राज उपाध्याय। उनी हाल आरआर क्याम्पसमा मास्टर तहमा अध्ययनरत छन्। सानै उमेरदेखि विद्यार्थी राजनितिमा होमिएका उनी पनि विद्यार्थी हक अधिकारकोको लागि लामो समयदेखि लडिरहेको बताउँछन्।
क्याम्पसमा विद्यार्थीमाथि हुने अन्यायविरुद्ध आवाज उठाउने उनी पनि आरआर क्याम्पसको स्ववियु पदाधिकारीका लागि चुनावमा होमिन तयार रहेका छन्। यद्यपी टिकटका लागि अन्य विद्यार्थी नेताहरु पनि लागिपरेका छन्। टिकट कसले पाउला अनि चुनाव कसले जित्ला त्या भने प्रतीक्षाको विषय हो।