काठमाडौं– फेसियल गर्दा २५ वर्ष नाघेपछि मात्र गर्नुपर्छ भन्ने धारणा रहेको छ। तर जुन अनुहारमा धेरै मेकअप गरिन्छ, जसकाे छालामा समस्या छ र धेरै फोहोर छ त्यस्तो व्यक्तिले चाँडो फेसियल गर्नुपर्छ। जस्तै मोडल तथा कलाकारहरु महिनामा एकपटक फेसियल गर्ने गर्छन्।
छालाको बनावट, उमेर र अवस्था हेरेर महिनामा दुई पटकसम्म फेसियल गर्नु उचित मानिन्छ। नियमित रुपले फेसियल गर्नाले मानिसको उमेर पनि कम जस्तो देखिन्छ। फेसियल भन्नाले अनुहारको उचित हेरचाह र सफाई भन्ने बुझिन्छ। यसले अनुहारलाई सुन्दर, सफा, चम्किलो र नरम बनाउँछ।
मनिसहरु व्यस्त र भागदौडका कारण आफ्नो हेरचाह गर्न सकिराको हुँदैनन्। त्यसमाथि पनि अनुहारको हेरचाह भनेको प्रमुख रुपमा पर्न आउँछ। त्यसैले मानिसले फेसियल अनिवार्य रुपमा गर्नुपर्छ। किनकि यसले अनुहारको सुन्दरता बढाउनुका साथै आराम पनि दिन्छ।
फेसियल गर्ने भन्दैमा जस्तो पायो उस्तो ठाउँमा र जे पायो त्यहीले गर्नुहुँदैन। यो सही ढंग र निपूर्ण हातले गर्नुपर्दछ। कहीँ कतै अलिकति गल्ती भएमा अनुहारमा नराम्रो असर समेत पर्दछ। यसमा स्मरणीय कुरा चाहीँ छालाको प्रकारअनुसार फेसियल किटको प्रयोग गर्नुपर्दछ।
फेसियल गर्ने तरिकाहरु
फेसियलकाे लागि ३ देखि ५ मिनेट क्लिजिङ गर्ने
३ देखि ५ मिनेट स्क्रव गर्ने
१० देखि १५ मिनेट मसाज क्रिम लगाएर मसाज गर्ने
त्यसपछि ३० सेकेन्डदेखि ६० सेकेन्ड भाइब्रेट गराउने
र फेरि अनुहारभरी क्रिम लगाएर बाक्लोसँग र चिसो गजले छोप्ने। थर्मोपाउडरलाई चिसो पानीमा फिट्ने र चाँडो लगाउने (नाक, आँखा, मुखबाहेक) २५ – २५ मिनेट राख्ने र हलुका हातले तलबाट निकाल्ने।
त्यसपछि कोल्ड कम्प्रेसन दिने र कभरिङ क्रिम लगाइदिने। थर्मोहब फेसियलले ओपन पोर्स, सुख्खा छाला चाउरी छाला, चाँया भएको छाला, ब्ल्याक हेड्स र ह्वाइट हेड्स भएको छालामा गर्दा लाभदायक हुन्छ। हाई ब्लडप्रेसर सेन्सेटिभ छाला र २५ वर्षभन्दा कम उमेर समूहकाले यो हब फेसियल गर्नुहुँदैन।