एजेन्सी– अहिले विश्वभर नै मोबाइल प्रविधिमा फोरजी चलनचल्तीमा छ तर चीनले आफ्ना ५० वटा भन्दा बढी सहरमा फाइभ जी सेवा विस्तार गरीसकेकाे छ। फाइभ जीको अध्ययन र विकासमा अन्य देशको तुलनामा चिनियाँ कम्पनी निकै अघि देखिएका छन्।
फोरजी भन्दा सयौँ गुणा द्रुत हुने दाबी गरिएको फाइभजी अहिले व्यवसायिक रुपमा प्रयोगमा आउने क्रममा छ। आगामी वर्षमा चिनले फाइभजीलाई देशैभर विस्तार गर्ने याेजना बनाएकाे छ। यसै गरि बेलायत, दक्षिण कोरिया र अमेरिकाले पनि केही सीमित सहरमा परीक्षणको रुपमा फाइभजी सेवा सुरु गरेका छन्।
तर, फाइभ जीको व्यवसायिक सेवाले व्यापकता नपाउँदै विभिन्न देशहरुले अर्को पुस्ताको प्रविधि अर्थात सिक्स् जी प्रविधिको अनुसन्धान शुरु गरिसकेका छन्। सोहि दौडमा जापान पनि लागेको छ। चीनले भने ३७ जना विज्ञ सम्मिलित समिति बनाइ सिक्स् जी प्रविधिको अध्ययन गर्न सुरु गरिसकेकाे छ।
हालै जापानले सरकारीले पनि नागरिक सहकार्यमा सिक्स् जी टेक्नोलोजीको लागि रणनीति तयार पारेको हाे। चिन र जापान बाहेक दक्षिण कोरिया, फिनल्याण्ड, अमेरीकालगायतले पनि ठूलाे रकम लगानी गरि अनुसन्धान र विकासको कार्य तिब्र रूपमा अगाडि बढाएका छन्।
मिनिस्ट्री अफ इन्टरनल अफेयर्स एण्ड कम्युनिकेशन अफ जापानले यहि जनवरीमा नै सरकारी र नागरिकहरुको संयुक्त अनुसन्धान समाज गठन गर्ने खबर आएकाे छ। यसमा एनटिटि डोकोमो र तोसिबाका प्रतिनिधिहरु हुनेछन भने उनीहरुले सिक्स् जीको लक्ष्यहरु र नीतिगत सहयोग जून महिनासम्म रणनीतिक सारांश तयार पार्नेछन्।
सिक्स् जीको विकासले उच्चगतिको संचार प्रविधिको विकास गर्नेछ र यसमा धेरै देखिने वा नदेखिने विषयहरुको संभावना रहेको छ। सिक्स् जी प्रविधि फाइभ जीभन्दा १० गुणा बढी तीव्र हुने देशको अग्रणी टेलिकम्युनिकेसन विज्ञले जनाएका छन्। तर जापानले भने नेटवर्क स्पीडमा केन्द्रित भएर अध्ययन गर्ने बताईएको छ जसले ठूलो मात्रामा डाटाहरु एकैपटक पठाउन सकियोस र प्रयोगमा नआएका रेडियो हाई फ्रिक्वेन्सीको प्रयोग गर्न सकियोस्।
जापानमा ठूला टेलिकम अपरेटरहरुले २०२० को पहिलो चौमासिक भित्र ५ जी सेवाहरु लन्च गरिसक्ने छन् भने सिक्स् जीको विकास प्रक्रियालाई तीव्र गति दिनका लागि थप विकसित विधि फेला परेमा सन् २०३० अघि नै त्यसलाई सार्वजनिक गर्ने छन्। सो रणनीतिअनुसार चीनले पनि सन् २०३० भित्र फाइभ जी भन्दा १० गुणा तिब्र कम्युनिकेशन स्पीड हासिल गर्ने लक्ष्य लिएको छ।