वीरगंज — घुस लिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का सदस्य रामबाबु बैठा पक्राउ परेका छन्। असई बनाईदिने भनि रु ७ लाख घुस लिएको आरोपमा बैठालाई नियन्त्रणमा लिइएको हो।
पर्साका प्रहरी उपरिक्षक साेमेन्द्र सिंह राठौरका अनुसार २०७२ सालमा रौतहटको मौलापुर नगरपालिका वडा नं. ७, सगैया निवासी प्रदिप कुमार साहलाई प्रहरी सहायक निरिक्षक (असई) पदमा जागरि लगाइदिने भनि बैठाले रु ७ लाख घुस लिएको आरोपमा २ महिना पहिला नै मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले ३ जना माथी ठगी मुद्दा दर्ता गरेका थिए। जस मध्येका २ जना पक्राउ परी केही दिन पहिला नै अदालतको आदेश अनुसार धरौटीमा रिहा भएका थिए। जुन मुद्दा प्रमुख अभियुक्त मानिएका पोखरिया नगरपालिका वडा नं. १ बनकटवा निवासी बैठा सोमबार आफैँ जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएको प्रहरी उपरिक्षक राठौरले वताए।