बुटवल– प्रदेश ५ का प्रदेशसभाका ज्येष्ठ सदस्य एवं विपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ। सोमबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको बताइएको छ।
८२ वर्षीय पोखरेललाई फोक्सोको क्यान्सर थियो। विभिन्न अपतालमा उपचार गराए पनि शरीरका अन्य अङ्गमा संक्रमण फैलिएपछि चिकित्सकले निको हुने सम्भावना नरहेको बताएका थिए। एक साता देखि उनलाई घरमै राखिएको थियो।
रुपन्देहीको तिलोत्तमा–१४ खैरियाका पोखरेल प्रदेशसभामा नेपाली काँग्रेसका समानुपातिक सांसद थिए।