एजेन्सी– हामी एउटै संसारमा रहेपनि यहाँ रहने व्यक्तिहरूको छालाको रंग, जात, धर्म फरक हुन्छ। हामीले जस्तो देखेपनि हाम्रो विविधतालाई अंगालेर अघि बढ्नुपर्छ।
अहिले सामाजिक सञ्जालमा एउटा बच्चाको फोटो निकै भाइरल भएको छ। कालो वर्णको बच्चा जन्मनु स्वाभाविक नै हो। तर, गाडा कालो रङ्गको बच्चा जन्मिएपछि धेरै मानिसको चासोको विषय बनेको छ।
भाइरल भएको बच्चाको तस्बिरमा बच्चाको छाला निकै नै कालो देखिन्छ। आफैँमा कीर्तिमान भएको कारणले बच्चाको नाम विश्वकै कालो बच्चाको नाममा दर्ता भएको खबर छ।
बच्चाको छाला मात्र नभएर आँखा पनि पूरै कालो छ। अधिकांश मानिसहरूलाई यो तस्बिर नक्कली लागेको छ। धेरैले फोटोलाई गुडिया भनेका छन् भने कत्तिले फोटोलाई फोटो इडिटिङ एपको प्रयोग गरेर कालो बनाइएको बताइएको छ।
साथै, अर्को फोटोमा त्यहि बच्चा अलिक ठूलो देखिएको छ। तर, भाइरल भएका यी फोटो सक्कली हो कि नक्कली भनेर पुस्टि गरिएको छैन।