काठमाडौं— काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो। कसुर पुष्टि भए १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था उक्त दफामा छ।
उताबाट आफूमाथि अभद्र व्यवहार भएको भन्दै जवान श्रेष्ठले शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन्। दुई दिनपछि आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो।
प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परेकी छन्। उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी छन्।