एजेन्सी– भारतमा फेरि २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ।तमिलनाडुको भेलोर जिल्लास्थित तीनजनाको समूहले युवतीलाई चक्कु प्रहार गर्ने धम्की दिँदै बलात्कार गरेको घटना सार्वजनिक भएको छ।
निर्भया बलात्कारका दोषीलाई मृत्युदण्डको सजाय सुनाएको एक महिना नपुग्दै यस्तो घटना भएको हो। भारतीय मिडियाका अनुसार सार्वजनिक पार्कमै ती युवतीको साथमा रहेका पुरुष साथीलाई कुटपिट गरी लखेटिएको थियो। स्थानीय समय अनुसार शनिबार राति सबा ९ बजे यस्तो घटना भएको भेलोर प्रहरीले जनाएको छ।
तीनजनाको समूहबाट खोस्ने प्रयास गरेका युवाकलाई भने उनीहरुले कुटपिट गरी लखेटेका थिए। बलात्कारपछि युवतीको सेल फोन र गहना समेत चोरेर लगेको बताइएको छ। ‘जब युवती घर पुगिन् उनले कुटपिटसँगै मोबाइल र गहना चोरिएको भनेर आफ्ना भाइलाई सुनाइन्। तर उनले बलात्कारको कुरा भनिनन्। उनीहरु सुरुमा उपचारका लागि अस्पताल पुगे। त्यहाँ उनले के भएको भनेर डाक्टरलाई भन्नैपर्ने भयो। त्यसपछि तुरुन्तै उनीहरु प्रहरी स्टेशनमा पुगे,’ अनुसन्धान अधिकृतले भने ।
प्रहरीका अनुसार उक्त घटना ‘भेलोर फोर्ट’ नजिकै भएको थियो। पीडितका अनुसार बलात्कारमा संलग्न तीन जनामध्ये एकजना ३० देखि ४५ वर्ष उमेर र अरु दुई २० वर्षजतिका थिए।