काठमाडौं– नव नायक सुशिल श्रेष्ठ र नव–नायिका रुविना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘लभ डायरिज’ को ट्रेलर रिलिज भएको छ। कार्यक्रममा उपस्थित भएका नायक सुशिल श्रेष्ठलाई एक पत्रकारले प्रश्न सोधे, के चलचित्रको कथा तपाइको जीवनमा पनि मेल खान्छ? यसमा सुशिलले भने, ‘कथाका केही हिस्सा मेल खान्छ। तर, मेरो जीवनमा घटेका घटना भन्दा बढी अझै धेरै कथा यो चलचित्रमा छ।
सुशिलले आफूले जीवनमा प्रेम गरेको र विछोड पनि भएको सुनाए। पत्रकारले उनलाई सोधे, प्रेममा विछोड भएपछि हातको नशा पनि काट्नु भएको थियो हो? सुशिलले जवाफ फर्काए–‘होइन, बाइक दुर्घटनामा परेर यस्तो भएको हो।’ सुशिलसँगै नव–नायिका रुविना थापालाई पनि चलचित्रको कथा अनुसार जीवनको भोगाइको बिषयमा प्रश्न सोधिएको थियो।
जसमा रुविनाले भनिन्, ‘मेरो प्रेम भयो र विछोड पनि भयो। चलचित्रको कथाका केही भागमा आफ्नो जिन्दगीलाई पनि पाउँछु। तर, चलचित्रले अझै धेरै कुरा भन्छ।’ कार्यक्रममा सुशिल र रुविनाले चलचित्रको संवाद पनि प्रस्तुत गरे। सौरभ चौधरीले निर्देशन गरेको यो लभ स्टोरी चलचित्र फागुणको २ गते रिलिज हुँदैछ।
https://www.youtube.com/watch?v=irOKEnLGwSk