काठमाडौं– गर्भनिरोधक चक्की र सुई अहिलेसम्म महिलाका लागि मात्र बनेका थिए। महिलाहरुले एक पटक सुई लगाए तीन महिनासम्म गर्भ नबस्ने सुई प्रचलित छ। तर भारतीय वैज्ञानिकहरुले अहिले पुरुषका लागि पनि सुई बनाएका छन्। त्यो सुई एक पटक लगाएमा १५ वर्षसम्म बच्चा नहुने बताइएको छ।
भारतीय वैज्ञानिकहरुले पहिलोपटक यस्तो सुई बनाएको दाबी समेत गरेका छन्ः
इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरुले यो सुई तयार पारेका हुन्। सुई आविष्कारमा संलग्न वैज्ञानिक डा. आर एस शर्माका अनुसार यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म काम गर्नेछ।
भारतको पाँचवटा राज्यमा उक्त सुईको प्रयोग भइसकेको छ। यसको परीक्षण दिल्ली, हिमाञ्चल, जम्मू, पञ्जाब र राजस्थानमा गरिएको हो, ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाले सुई पास गरेपछि सर्वसाधारणले पनि लगाउन पाउनेछन्।