एजेन्सी– अर्जेन्टिना तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका गोलकिपर सर्जियो रोमोरो सवार कार दुर्घटनामा परेको छ। रोमोरो सवार ल्यामबोर्गिनी कार ट्रेनिङ ग्राउन्ड नजिकै दुर्घटना ग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।
अर्जेन्टिनाका ३२ बर्षिय रोमोरो कार दुर्घटनामा परेको क्लबले पनि औपचारिक पुष्टि गरेको छ। कार क्यारिङटनको प्रशिक्षण क्याम्प नजिकै दुर्घटनामा परेको हो। क्लबले विज्ञप्ति जारी गर्दै रोमोरो सवार कार दुर्घटनामा परे पनि उनलाई कुनै गम्भीर चोट भने नलागेको बताएको छ।

करिब साढे २ करोड डलरको सो कार क्यारिङटनको ए–१६१४४ नम्बरको सडकमा दुर्घटनामा परेको हो। तस्विरमा कारले सडकको छेउमा लगाएको फलामे बार भत्काएको देखिन्छ भने कारको पछाडिको भाग कच्याककुचुक भएको छ।