काठमाडौं– ओलम्पिक २०२० मा नेपाली टिमको पूर्व प्रशिक्षण शिविर जापानको टोकुशिमा प्रान्तमा हुने भएको छ। सो सम्बन्धमा सोमबार एक कार्यक्रममा दुई पक्ष विच हस्ताक्षर भएको हो।
उक्त कार्यक्रममा जापानमा रहेका नेपाली राजदूत एच.ई को प्रतिभा राणा, टोकुशिमा प्रान्त संसदका अध्यक्ष श्री हिरोशी किता र टोकुशिमा नेपाल मैत्री संघका अध्यक्ष श्री यासुताका तनिगुचीको सहभागिता थियो। एम.ओ.यू कार्यक्रममा नेपाल स्विमिंग एसोसिएशनका अध्यक्ष अशोक बज्राचार्य र नेपाल आर्चरी एसोसिएशनका अध्यक्ष दीपकराज गुरुङले पनि राज्यपालसँग सम्बन्धित खेलकुदको पूर्व प्रशिक्षण शिविरको लागि हस्ताक्षर गरेका छन्।
उक्त अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले नेपाल र जापानको कुटनैतिक सम्बन्ध र नेपालको खेलकुद विकासमा जापान सरकारको महत्वपूर्ण भूमिका रहेको जानकारी दिए। साथै दुई देशको विचमा सरकारी स्तरमा मात्र सम्बन्ध नभइ नागरिक स्तरमा पनि अत्यन्तै सुमधुर सम्बन्ध रहेको पनि बताए।
उनले वर्तमान नेपाल सरकारले राष्ट्रको संस्कृतिको लागि पर्यटन उद्योग विकाश गर्ने लक्ष्य लिएर २०२० भ्रमण वर्षको अभियान प्रारम्भ गरेको जानकारी गराउदै उक्त कार्यक्रममा उपस्थित व्यक्तिहरूमार्फत समस्त जापानी नागरिकहरुलाई नेपाल भ्रमण गर्न हार्दिक आह्वान गरे।
त्यस्तै गभर्नर इजुमीले २०२० ओलम्पिकमा नेपालका खेलाडीहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै २०२० भ्रमण वर्षको सफलताको लागि सुभकामना व्यक्त गरे। जापानमा रहेका नेपाली राजदूत एच.ई. प्रतिभा राणाले पनि सम्झौताबाट आफु एकदमै खुशी भएको बताइन्। साथै उनले नेपाली खेलाडीहरूले जापानमा आफ्नो खेल सुधार्ने र ओलम्पिक २०२० जित्ने विश्वास व्यक्त गरेकी छिन्।
कार्यक्रममा नेपाल टोकुशिमा (जापान) मैत्री संघका अध्यक्ष विष्णु गोपाल श्रेष्ठ, जापानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका दूतावासका तेस्रो सचिव प्रेमप्रसाद बराल, टोकुशिमा प्रान्त संसदका अध्यक्ष हिरोशी किता, टोकुशिमा पौंडी महासंघका अध्यक्ष यासुताका तनिगुची, टोकुशिमा तीरंदाजी संघका अध्यक्ष मसायोशी काबाबाटा सहभागि थिए।