एजेन्सी– जम्मू-कश्मीरमा हिजबुल मुजाहिदीनको आतंकवादी संगठनको अन्त्य हुने भारतीय सुरक्षाले दाबी गरेको छ। सुरक्षाबलले सोमबार शोपियां क्षेत्रमा मुजाहिदीनका तीन आतंकवादीलाई मारेपछि उक्त सफलता नजिक पुगेको दाबी गरेको हो। वानी घाटीमा सन् २०१७ देखि सक्रिय रहेको थियो।
तीनमध्ये एक जना कमान्डर वसिम अहमद वानी रहेको सुरक्षाकर्मीले बताएका छन्। वानीलाई मुजाहिदीनको शीर्ष कमान्डर मानिन्छ।
वानीमाथि चार नागरिक र चार पुलिस मारेको आरोप छ। उमाथि १९ एफआइआर परेको थियो। डीजीपी दिलबाग सिंहका अनुसार सुरक्षाकर्मी दक्षिण कश्मीरमा मुजाहिदीनलाई समाप्त पार्ने अभियानको नजिक पुगेको छ।
गत हप्ता डोडा जिल्लामा सुरक्षाकर्मीसंगको एनकाउन्टरमा हिजामुदीन मारिएको थियो। जसलाई हारुन हफजका नामले चिनाइएको थियो। विगत १५ दिनमा सुरक्षाबलको कार्वाहीमा परी त्यहाँ ७ आतंकवादी मारिएका छन्।