काठमाडौं – नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ। सोमबार कांग्रेस शीर्ष तहमा सभामुखमा सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने भनेपनि आज मंगलबार विहान बसेको कांग्रेस संसदीय दलका बैठकले उम्मेदवारी नदिने निर्णय गरेको हो।
कांग्रेसका एक नेताको अनुसार संसदमा प्रष्ट बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय भएकाे हाे।
यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदापनि कांग्रेसले उमेदवारी दिएको थिएन। नेकपाले भने अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सभामुखमा उम्मेदवारी दर्ताका लागि विहान ११ देखि २ बजेसम्मको समय तोकिएको छ।