काठमाडौं– लोकप्रिय गायक तथा सर्जक बसन्त थापा अहिलेका सबैभन्दा ब्यस्त कलाकार हुन्। आफ्नो सृजना बाहेकका गीतमा उनको आवाज कमै सुन्न पाईन्छ। भर्खरै मात्र उनले ‘मुखीयाको नाती’ बोलको सामाजिक जनचेतना मूलक गीतमा आवाज दिएका छन्। धुर्व जि.सी. को संगीत र नकुल ढकालको शब्द रहेको गीतमा बसन्त सँगै नकुल र अमृत विश्वकर्माले पनि आवाज दिएका छन्।
तारानाथ आचार्यको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो निर्देशन पनि तारानाथ आचार्यले नै गरेका हुन्। चर्चित कलाकार सुरविर पण्डित, नकुल ढकाल र दिपा पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ। ‘नखेलौं जुवा र तास धनको नास जिवनको बनवास’ भन्ने थेगो रहेको गीत एकदमै सन्देश मूलक रहेको छ।
ताकि गाउँमा ठुलाबडा मुखिया,नायकका छोरा नातीहरुको हालत अहिले यस्तै गीतले भनेजस्तै भएको छ। बुबा बाजेको सम्पत्तिमा घमण्ड गरेकै कारण धेरै सम्पन्नशाली परिवारमा आज यो समस्या देखिएको हो। नकुल ढकालको अफिसियल यूटूब च्यानलमार्फत गीत सार्वजनिक गरिएकाे हाे।
हेर्नुहाेस भिडियाे
https://www.youtube.com/watch?v=2hgbq8OZUt4