(तस्वीरः राताेपाटी)
धनुषा–धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीस्थित एक गेस्ट हाउसबाट एक जोडीलाई पक्राउ गरेको छ। सोमबार दिउँसो ४ बजे समयमा अमरज्योति लज एन्ड गेस्ट हाउसबाट एक महिला र एक पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
उक्त गेस्ट हाउसका सञ्चालकले महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यवसायमा लगाउने गरेको प्रहरीको भनाइ छ। उक्त गेस्ट हाउसका सञ्चालक फरार रहेको र उनको खोजी भइरहेको जनाइएको छ।
मानव बेचबिखन तथा ओसारपसार–नियन्त्रण ऐन अन्तर्गत पक्राउ परेका दुवै जनालाई मुद्दा चलाइने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।