काठमाडौं– प्रतिनिधिसभाको सभामुख पदका लागि अग्नि सापकोटाले उम्मेद्वारी दर्ता गरेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेद्वारका रुपमा सापकोटाले प्रतिनिधिसभाको भावी सभामुखका लागि उम्मेद्वारी दर्ता गरेका हुन्। सापकोटाको उम्मेद्वारीमा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक रहेका छन्।
सापकोटाको उम्मेदवारीमा नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राष्ट्रिय जनता पार्टी राजपा नेपालका संसदीय दलका नेता लक्ष्मणलाल कर्णलगायत सांसदहरु समर्थक रहेका छन्।