काठमाडौं– प्रायः युवतीहरु हरेक प्रकारका पहिरनसँग सामान्य गुणस्तरका ब्रा लगाउने गर्छन्। तर, केही विशेष पहिरनका लागि विशेष ब्राहरु नै डिजाइन गरिएको हुन्छ। यदि त्यस्ता पहिरनसँग सही प्रकारका ब्रा लगाएमा तपाईंलाई स्मार्ट, राम्री तथा पर्फेक्ट देखाउनेछ।
कस्तो पहिरनमा कस्तो प्रकारको ब्रा लगाउने भन्नेबारे केही जानकारी:
स्पोर्टस् ब्रा– जुन युवतीहरु जिम जान्छन् अथवा खेलकुदमा सहभागी हुन्छन्। उनीहरुले त्यो समयमा स्पोर्टस् ब्राको प्रयोग गर्नुपर्छ। त्यसले ब्रेस्टलाई पूर्ण रुपले कभर गर्छ। धेरै युवतीहरु नृत्य गर्दा अथवा जिम गर्दा सामान्य किसिमको ब्रा प्रयोग गर्छन्। तर, जब उनीहरु व्यायाम गर्छन् अथवा उफ्रिन्छन, त्यो समयमा सामान्य ब्राको प्रयोगले अलि अनौठो देखिन्छ। त्यसैले खेलकुदको समयमा युवतीहरुले स्पोर्टस् ब्राको प्रयोग गर्नुपर्छ।
पुसअप ब्रा– पुसअप ब्रा धेरै जसो त्यस्ता महिला अथवा युवतीहरुले लगाउन रुचाउछँन, जसको ब्रेस्टको आकार सानो हुन्छ। कहिलेकाहीँ हामी कसिलो पहिरन लगाउँछौं। जसका कारण हाम्रो ब्रा लाइन देखिन्छ। तर, पुसअप ब्रा लगाउँदा ब्रा लाइन देखिँदैन। पुसअप ब्रा कुनै पनि पहिरनसँग लगाउन सकिन्छ।
स्टिक अन ब्रा– स्टिक अन ब्रा शरीरमा सजिलै टाँसिन्छ। यसमा दुई वटा कप हुन्छन्। यसमा स्ट्रिप हुँदैन। यदि तपाईं ब्याकलेस अथवा स्ट्रिपलेस पहिरन लगाउँदै हुनुहुन्छ भने त्यस्तो प्रकारको ब्रा तपाईंको लागि उपयुक्त हुन्छ।
अन्डरवयर ब्रा– अन्डरवयर ब्रामा एउटा स्ट्रिप अथवा वायर हुन्छ। जुन ब्राको भित्र हुन्छ। यो ब्रालाई लगाएपछि ब्रेस्ट तलबाट सेट हुन्छ। ब्लाउज र टपसँग यसप्रकारको ब्रा लगाउन सकिन्छ।
मोल्डेड कफ ब्रा– मोल्डेड कफ ब्रा एउटा गोलो र सीमलेस सेप तयार गर्छ। यसलाई लगाए पछि कुनै पनि घेरा देखिँदैन। यस्तो प्रकारको ब्रालाई हाइनेक र टिसर्टमा लगाउन सकिन्छ।