एजेन्सी– दोस्रो विश्वयुद्ध भएको लगभग ७५ वर्ष भइसकेको छ तर यति लामो समयपछि पनि जर्मनीको डर्टमण्ड शहरमा जमिनभित्र २ वटा विशाल बम भेटिएपछि पूरै शहरमा भागाभाग भएको छ। नागरिकले जमिनभित्र बम भेटिएको खबर पाएपछि शहर छाडेर भाग्न थाले। डेलिमेलको समाचार अनुसार यहाँ दोस्रो विश्वयुद्धको समयमा प्रयोगमा नआएका २ विशाल बम भेटिएका छन्।
एउटै बमको तौल करिब २५० किलो भएको बताइएको छ। बमको सूचना पाउनासाथ त्यहाँ पुगेका सुरक्षा एजेन्सीले बमलाई निकालेर निष्कृय गरेका छन्। डर्टमण्ड बहरका मानिसहरुले जमिनभित्र बम गाडिएको खबर पाएपछि उनीहरु ज्यान जोगाउन शहर छाडेर भाग्न लागेका थिए। सडकमा मानिसहरुको ठूलो भीड जम्मा भयो। स्थानीय मिडियाका अनुसार विश्वयुद्धको ७५ वर्ष बितिसक्दा पनि जर्मनीमा त्यो समयका बम बरामद भइरहेका छन् जो प्रयोग गरिएका थिएनन्।
एकातिर मानिसहरुमा बम विष्फोट हुन सक्ने डर छ भने अर्को्तिर बम हेर्न ठूलो संख्यामा मानिसहरु पनि जम्मा हुने गर्छन् जसलाई सुरक्षा निकायले हटाउनुपर्छ ताकि उनीहरुलाई कुनै नोक्सानी नहोस्। जर्मनीमा दोस्रो विश्वयुद्धपछि अहिलेसम्मको सबैभन्दा ठूलो विष्फोट २०१७ मा भएको थियो जसमा ६५ हजार नागरिक प्रभावित भएका थिए। अहिले बम भेटिएको ठाउँबाट ५ सय मिटरको परिधिमा बस्ने मानिसहरुलाई सुरक्षाका दृष्टिले घर छाड्न आदेश दिइएको छ।