एजेन्सी– दीपिका पादुकोण अहिले बलिउडकी नम्बर १ नायिका हुन्। बलिउडमा हाल प्रदर्शनरत अभिनेत्री दीपिकाको चलचित्र ‘छपाक’का अलावा ‘पंगा’, ‘शकुन्तला देवी’ र ‘सायना’ सहित ७ चर्चित महिला केन्द्रित चलचित्र रिलिज हुँदैछन्।
बलिउडमा अभिनेत्रीले पाउने पारिश्रमिकको अनुपात पनि बढ्दै गएको छ। यो बढ्दो पारिश्रमिकमा अग्रपंक्तिमा दीपिका पादुकोण छिन्। उनी एक चलचित्रका लागि २६ करोड पारिश्रमिक लिन्छिन्।
त्यस्तै चलचित्र ‘थलाइवी’ का लागि कंगना रनावतले २५ करोड पारिश्रमिक लिएकी छन्। बलिउडमा पछिल्लो समय रिलिज भएका महिलाप्रधान बायोपिकले महिलाको परम्परागत छविलाई अस्वीकार गरिसकेको छ।