एजेन्सी–विश्वकै बहुप्रतिष्ठित कम्पनी माइक्रोसफ्ट कम्पनीका संस्थापक तथा संसारकै सबैभन्दा धनी व्यक्ति विलियम हेनरी ‘बिल’ गेट्स एउटै कारणले दुई पटक जेल परेका थिए।
सन् १९७५ र सन् १९७७ मा उनी दुई पटक जेल परेका हुन्। २९ अप्रिल १९७५ मा अत्यधिक स्पिडमा बिना लाइसेन्स गाडी कुदाएका कारण उनी पक्राउ परेका थिए।
त्यसपछि १३ डिसेम्बर १९७७ मा न्यूमेक्सिकोको रेडलाइट क्रस गरेको र फेरी पनि बिना लाइसेन्स कार चलाएको आरोपमा उनी पक्राउ परेका थिए।
एक दसक पछि सन् १९८९ मा उनी मादक पदार्थको सेवन गरि गाडी चलाएको कारणले पक्राउ परेको बताइएको थियो।
युवा उमेरमा बिलको ड्राइभिङ्ग रेकर्ड राम्रो नभएको बताइएको छ। ६४ वर्षिय गेट्ससँग १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब सम्पत्ति छ।
धनी भएर दर्जनौं नोकर राख्न सक्ने क्षमता भए पनि सधैँ आफ्नो काम आफै गरेर उदाहरण बनेक छन्। चर्चित मिडिया ‘बिजनेस इन्साइडर‘का अनुसार बिल गेट्स साधारण मानिस जस्तै आफ्नो जीवन चलाइरहेका छन्।