काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल गरेका छन्।
मंगलबार विहान प्रचण्ड र पौडेलबीच खुमलटार निवासमा भेटेर करिब ४० मिनेट छलफल गरेका हुन्। पौडेलले उपसभामुख कांग्रेसलाई दिन प्रस्ताव गरेका थिए। प्रचण्डले आफू सकारात्मक रहेको र पार्टीभित्र छलफल गरेर जवाफ दिने बताएका थिए।
कांग्रेसले प्रचण्डसँग छलफल गर्न पौडेल पठाएको थियो। उनीहरुबीच करिब ४० मिनेट छलफल भएको थियो। कांग्रेसले मंगलबार सभामुख पदमा उम्मेदवार नदिने निर्णय गरेको छ। सभामुख पदमा नेकपाका उम्मेदवार अग्निप्रसाद सापकोटाले उम्मेदवारी दिएका छन्।