काठमाडौं– पायल्सको समस्या विशेषगरी बलको प्रयोगका कारण, खानपानमा गडबडी, गर्भावस्था, कब्जियत वा मल त्याग गर्दा हुने गर्छ। सामान्य व्यक्तिमा पायल्सले खासै गम्भीर समस्या निम्त्याउदैन।
तर रगत पातलो गर्ने औषधीको सेवन गर्नेहरुमा पायल्सले लिभर सिरोसिसको समस्या निम्त्याउँछ। पायल्स बाट छुटकारा पाउने तथा यसलाई बल्झनबाट रोक्ने थुप्रै उपायहरु छन्। ती उपायएरू यसप्रकार छन्।
पायल्सकाे घरेलु उपचार
पायल्समा सिट्ज बाथ प्रभावकारी मानिन्छ, सिट्स बाथ त्यस्तो उपचार पद्धति हो, जसमा पायल्सका विरामीले हिप तथा कम्मर मुनीको भागलाई दश देखि पन्ध्र मिनेट तातो पानीमा डुवाउनु पर्छ। यस पद्धतिको उपयोगबाट प्रभावित क्षेत्रमा पीडा कम हुन्छ।
नरम ट्वाइलेट पेपरको प्रयोग पायल्सका विरामीले ट्वाइलेट पेपर प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ। किनकी पायल्सका विरामीले सुख्खा पेपरको प्रयोग गर्दा उनीहरुको मलद्वारमा घाउ हुन सक्छ। त्यसैले, ट्वाइलेट पेपर प्रयोग गर्दा भिजेको वा गिलो ट्वाइलेट पेपरको मात्र प्रयोग गर्नु पर्छ।
ट्रपिकल औषधी बजारमा किन्न पाइन्छ, यसको प्रयोग पायल्सको उपचारमा प्रभावकारी मानिने विभिन्न प्रकारका एन्टीसेप्टिक क्रिम, ओयनटमेन्ट, मेडिकेटेड वाइप्स आदी पर्छन्। यसले पाइल्सको दुखाई कम गर्नुका साथै चिलाउन कम हुन्छ। यस्ता औषधीको प्रयोग चिकित्सकको सल्लाह विना एक हप्ता भन्दा बढी प्रयोग गर्नु हुँदैन।
दुखाई कम गर्ने औषधी
पायल्सको विरामीहरुलाई मल त्याग गर्दा तिव्र पीडा हुन्छ। यस्ता पीडा कम गर्न विभिन्न औषधीहरु प्रयोग गर्न सकिन्छ, तर त्यस्ता औषधीको प्रयोग गर्नु अघि चिकित्सकसित परामर्श गर्नु पर्छ। अन्यथा, बालबालिका र किशोरकिशोरीमा यस्ता औषधीले प्राण समेत जानसक्छ।
बरफको सेकाई– मलद्वारमा रहेको नशाहरु फुलेमा वा फुटेमा पाइल्स हुने भएकोले पायल्सका विरामीहरुका लगि बरफको सेकाई प्रभावकारी उपचार हुनसक्छ। किनकी यसले रक्तसञ्चारलाई सुस्त बनाई पायल्समा आराम दिलाउँछ।
शरीरलाई सफा राख्ने– पायल्सको समस्या कम गर्ने अर्को उपाय भनेको प्रभावित क्षेत्रलाई सफा एवं स्वस्थ राख्नु हो। प्रत्येक दिन स्नान गरेपछि मनतातो पानीले मलद्धार वरिपरिको क्षेत्रलाई सफा राख्न सकिनछ। मलद्धारको सफाई गर्दा सावुनको प्रगोग गर्न अनिवार्य छैन।
शल्यक्रिया रहित उपचारको विकल्प
पायल्स भएमा विना शल्यक्रिया पनि यसको प्रभावकारी उपचार गर्न सकिन्छ। यस्ता उपचार प्रभावकारी हुनुका साथै सुरक्षित पनि हुन्छ। त्यस्तै, ससाना रबर व्याण्डको प्रयोग गरेर, स्केलेरोथेरापी इन्जेक्सन तथा लेजर थेरापीद्धारा पनि पाइल्स रोगको उपचार गर्न सकिन्छ। त्यसको लागि चिकित्सकलाई देखाउन जरुरी छ।
पाइल्सका विरामीहरुको लागि सुझाव
अफिम लगायतका दुखाई कम गर्ने विभिन्न औषधीको प्रयोगले कब्जियतको समस्या पैदा हुन सक्छ र पायल्सको समस्या हुनसक्छ। त्यसैले यस्ता औषधी प्रयोग गर्नु अघि दिशा नरम बनाउने औषधीको प्रयोग गर्न जरुरी छ। गर्भावस्था र सुत्केरी अवस्थामा धेरैलाई पायल्स हुनसक्छ। त्यसैले, गर्भावस्थामा चिकित्किको सल्लाह विना कुनै औषधी खानु हुन्न। अन्यथा, यसले स्वास्थ्यमा प्रतिकल प्रभाव पार्न सक्छ।
ध्यान दिनु पर्ने कुरा
पायल्समा प्रयोग गरिने क्रिम प्रति केही व्यक्ति संवेदनशील हुन सक्छन्। त्यसको लागि कुनै पनि क्रिम प्रयोग गर्नु पूर्व सावधानी अपनाउनु पर्छ। पाइल्सका कारण दिशामा रगत देखिनसक्छ। त्यसबाहेक, आन्द्राको क्यान्सर लगायत गम्भीर समस्यामा पनि दिशामा रगत देखिने हुँदा तुरुन्तै चिकित्सकलाई जचाँउनु पर्छ।
कुनै औषधीले एलर्जी भएमा चिकित्सकसित सम्पर्क गरी नयाँ उपचार पद्धतिको थालनी गर्नु पर्छ। पायल्सका कारण अत्याधिक दुखाईका कारण मलत्याग गर्न समस्या भएमा तुरुन्तै चिकित्सकलाई जचाउँनु पर्छ।