एजेन्सी– बलिउड नायक अक्षय कुमारको करिअर यतिबेला सबैको लागि हाईहाईको विषय बन्न पुगेको छ। उनले जे छोएपनि हिट हुने अवस्था छ। यसैले पनि अक्षयलाई चलचित्रको कुनै अभाव छैन। एक बर्षमा उनका ४ वटा चलचित्र रिलिज भईरहेका छन्।उनै, नायक अक्षय कुमारले अभिनय गरेको चलचित्र ‘गुड न्यूज’ ले बक्स अफिसमा २ सय करोड कमाई गरेको छ।
यसैले पनि अक्षयलाई महंगो पारिश्रमिकमा काम गराउन बलिउडका निर्माता तयार छन्। उनै, अक्षय कुमारले एक नयाँ चलचित्र एक सय करोड भन्दा बढी पारिश्रमिकमा साइन गरेका छन्। उनले आनन्द एल राइले निर्देशन गर्ने नयाँ चलचित्र १ सय २० करोडमा साइन गरेका छन्। योसँगै अक्षय बलिउडमा सर्वाधिक महंगो पारिश्रमिक लिने कलाकार समेत बनेका छन्। तर यो पारिश्रमिक दिन निर्माता निर्देकहरुले कन्जुस्याँई गरेका छैनन्।
यो चलचित्रको घोषणा केही सातामा नै गरिनेछ। यो चलचित्रमा नायिका साराअली खान र नायक धनुषको जोडीलाई पर्दामा देख्न पाइनेछ। अक्षयको बजार अहिले हलमा मात्र होइन, डिजिटल दुनियाँमा पनि चम्किएको छ। टेलिभिजन, ओभरसिज बजारमा पनि उनको अत्याधिक माग छ। यसैले पनि उनलाई चर्को पारिश्रमिक दिन निर्माता तयार भएका हुन्। यो बर्षको मध्यतिरबाट यो चलचित्रको छायाँङ्कन सुरु हुने बताइएको छ।