एजेन्सी– हुन्डाई इलेक्ट्रिक एसयुभि कोनाले गिनिज वर्ल्ड रेकर्डसको प्रतिष्ठित उपाधि जितेको छ। यो पहिलो इलेक्ट्रिक एसयुभि हो। जसलाई ५ हजार ७ सय ३१ मिटरको उचाईमा तिब्बतको साउलापाससम्म चलाइएको थियो।
यस चढाई पश्चात कोनाले ५ हजार ७ सय १५.२८ मिटर उचाईको अन्य इलेक्ट्रिक कारको रेर्कड तोडेको थियो। सर्वाधिक उचाईमा पुग्ने इलेक्ट्रीक कारको लागि हासिल गरेको यो उपाधिका लागि हुन्डाई मोटरलाई गिनिज वल्र्ड रेकर्डसका एड्जुडिकेटरले वधाई दिएका छन्।
यो उपलब्धी सँगै हुन्डाईले इतिहासमै किर्तीमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ।