एजेन्सी– चर्चित मोबाइल ब्राण्ड सामसङले भारतमा करिब ५७ अर्ब लगानी गरि अर्काे छुट्टै डिस्प्ले प्लान्ट सञ्चालनमा ल्याउने भएको छ।
कम्पनीले भारतको नोयडास्थित हाल आफ्नो प्लान्ट रहेकै स्थानमा डिस्प्ले निमार्ण गर्ने गरी अर्को प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरेको हो। जसबाट कम्पनीले मोबाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइसमा प्रयोग हुने विभिन्न किसिमका डिस्प्ले निमार्ण गर्ने जनाएको छ।
यसअघि सन् २०१८ मा सामसङले भारतको नोइडामा आजसम्मकै सबैभन्दा ठुलो मोबाइल निमार्ण प्लान्ट सञ्चालनमा ल्याएको थियो। जसकालागि कम्पनीले ८० अर्ब लगानी गरेको थियो।