एजेन्सी– बुढेसकालमा किन डिप्रेसनको समस्याले सताउँछ भन्नेबारेमा विभिन्न अध्ययनअनुसन्धानहरु भएका छन्। बुढेसकाल लाग्दै जाँदा देखापर्ने प्रमुख समस्या डिप्रेसन हो। ६० वर्ष उमेर कटेकाहरुमध्ये करिब ७ प्रतिशतलाई याे समस्या हुनेगर्दछ।
बुढेसकालमा मानिस डिप्रेसनको शिकार हुनुमा आनुवंशिकता, सामाजिक–आर्थिक हैसियत, परिवारका सदस्यजन तथा आफ्नो जीवनसाथीसँगको सम्बन्ध र समाजको अवस्थाले भूमिका खेल्ने देखिएको छ।
नेशनल युनिभर्सिटी अफ सिंगापुर –एनयुएस र सांघाईको फुदान युनिभर्सिटीले चीनका बुढाबुढीहरुमा गरेको अध्ययनमा बुढाबुढी मानिसहरुको नियमित रुपमा चिया पिउने बानी महत्वपूर्ण सम्बन्ध देखाएको छ। त्यसअनुसार, चिया पिउने बृद्धबृद्धाहरुमा डिप्रेसनको समस्या कम हुने देखिएको छ।
बुढेसकालको मानसिक स्वास्थ्य र चिया पिउने बानी बीचको सम्बन्धका बारेमा निष्कर्षमा पुगिसकेका छैनन्। उनीहरुको अध्ययनको खोजले तिनका बीच बलियो सम्बन्ध बीएमसी जेरियाटिक्समा प्रकाशित भएको छ्। बुद्धहरुका माझ चिया पिउने कुरा निक्कै लोकप्रिय छ।
चियाको सम्भाव्य फाइदाहरुका बारेमा विभिन्न अध्ययनहरुले खोजतलास गरेका छन्।नेशनल युनिभर्सिटी अफ सिंगापुरकै अर्को अध्ययनले चियामा हुने तत्त्वहरुले मानिसको मस्तिष्कको कार्यलाई स्वस्थ राख्ने देखाएको थियो। डिप्रेसन हटाउने सवालमा चियाको भूमिका चाहिँ ठोस रुपमा के हुन्छ भनेर व्याखय गर्न गाह्रो छ। केही मात्रामा चिया पिउने बानीले दिने फाइदाहरुमा योगदान गरिरहेको पनि हुनसक्छ।
सन् २००५ देखि २०१४ को बीचमा १३ हजार व्यक्तिहरुमा अध्ययन गरिएको थियो। त्यसक्रममा चिया पिउने बानीले डिप्रेसन घटाउने बारेमा सम्बन्ध फेला परेको थियो।
डिप्रेसन घटाउने योगदान गर्ने पक्षहरुमा शहरी भेगमा बसोबास, शिक्षित अवस्था, विवाहित रहेको अवस्था, आर्थिक रुपमा सक्षम, तुलनात्मक रुपमा स्वस्थ र सामाजिक अन्तरघुलुन पर्दछन्। चिया पिउनुको धेरै फाइदा चाहिँ ६५ देखि ७९ वर्षका पुरुषहरुमा बढी रहेको छ।