एजेन्सी– हरेक आमाहरुको चाहना आफ्नो छोरीको घरबार राम्रो बनोस् भन्ने हुन्छ। तर लन्डनमा भएको घटनामा ठीक उल्टो भएको छ।
छोरीको घरबार आफ्नी आमाकै कारण उजाडिएको छ। लन्डनकी एक युवती आफ्नो विवाह पछि हनिमुनका लागि पतिसँगै आफ्नो आमालाई पनि साथमा लिएर गईन्। त्यहाँ पति–पत्नीबीचमा हुने काम सासु र ज्वाईको बीचमा भईदियो। सासुले आफ्नै ज्वाईको माध्यामबाट छोरो जन्माइन्।
यो घटना लन्डनस्थित ट्विकेनहमको हो।
त्यहाँ बस्ने लौरेन नामकी एक युवतीको विवाह पौल नामक युवकसँग भएको थियो ।विवाह यति रमाइलोसँग भयो कि लौरेनले आफ्नी आमालाई समेत हनिमुन जाँदा सँगै लिएर गइन्।
त्यो बीचमा लौरेनकी आमा र पौलकोबीचमा शारीरिक सम्बन्ध भयो। यो कुरा लौरेनलाई थाहै भएन। तर विवाह भएको ८ हप्ता बितेपछि लौरेनले वास्तविकता पत्ता लगाइन्। उनका पति पनि घर छोडेर सासुसँग गएर बस्न थाले। ९ महिनापछि लौरेनकी आमाले एक बच्चालाई जन्म दिइन्।