एजेन्सी– तरकारीहरु मध्ये सबैभन्दा तितो स्वाद भएको तरकारी हो करेला, स्वाद नमिठो भएपनि यसले स्वास्थ्यको लागि भने निकै फाइदा पुर्याउँछ। करेलामा भिटामिनयुक्त तत्वहरु पाइन्छ।
जस्तैः भिटामिन बी १, बी २, बी ३, भिटामिन सी लगायत क्याल्शियम र प्रोटिन पनि भारी मात्रामा पाइन्छ। त्यसैले, तितो करेलाको जुस सेवन गर्दा निकै लाभ मिल्छ। यदि तपाईको तौल बढ्ने समस्या छ भने त्यसका लागि करेला सेवन निकै फाइदाजनक हुनसक्छ।
करेलाले इन्सुलिनको मात्रा नियमन गर्न र रगतमा चिनीको मात्रा सन्तुलन राख्ने काम गर्छ। करेला खाँदा शरीरमा रहेको इन्सुलिन सक्रिय हुन्छ र चिनीलाई बोसोमा परिणत हुन दिँदैन, करेलाले शरीरको बोसोलाई रोक्ने भएकाले यसको सेवनबाट शरीरको तौल कम गर्दछ।
यसैगरी, करेलामा फाइबरको मात्रा पनि धेरै हुन्छ। फाइबर हुने भएकाले यसले लामो समय भोक लाग्न दिँदैन, साथै करेलामा पानीको मात्रा उच्च हुने भएकाले तरकारीको रुपमा प्रयोग गर्दा पनि फाइदाजनक मानिन्छ। करेलाले बोसो कोशिकाहरुको वृद्धि विकास रोक्ने काम गर्छ।