काठमाडौं – रेनो ट्राइबरको बुधबारबाट नेपाली बजारमा बिक्री सुरु हुने भएको छ। रेनोको नेपालका लागि आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइलले भोलि काठमाडौंमा विशेष कार्यक्रम गरि बिक्री कार्य सुरु गर्न लागेको हो।
रेनो ट्राइबर नेपाली बजारमा पाँच सिटर अप्सन र आरएक्सई, आरएक्सएल र आरएक्सजेड गरि तिन भेरियन्टमा उपलब्ध हुनेछ। तर, रेनोले भारतीय बजारमा यसलाई ७ सिट क्षमतामा बिक्री गरिरहेको छ।
यो मोडलमा १.० लिटरको ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ। उक्त इन्जिनले ६२५० आरपीएममा ७२ पीएस पावरका साथै ३५०० आरपीएममा ९६ एनएमको टर्क उत्पादन गर्दछ। यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ। यसको लम्बाई ४ मिटरभन्दा कम रहेको छ।
१८२ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा ४० लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ। कारको लम्बाई ३९९० एमएम, चौडाई १७३९ एमएम र उचाई १६४३ एमएम रहेको छ भने ह्वीलबेस २६३६ एमएम रहेको छ।
कम्पनीले नेपाली बजारमा ट्राइबर आरएक्सई भेरियन्टको मूल्य २८ लाख २० हजार, आरएक्सएल भेरियन्टको मूल्य ३१ लाख ६० हजार र आरएक्सजेड भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ ताकेको छ।