काठमाडौं – भारतीय पर्यटक दामनको एक रिसोर्टमा मंगलबार बिहान बेहोस अवस्थामा भेटिए। उनीहरुलाई उपचारका लागि बेहोस भएका ८ जनालाई नै अस्पताल लगियो तर, चिकित्सकले बचाउन नसकेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताएका छन्।
उनीहरु कसरी बेहोस भए भन्ने, प्रहरीको अनुमान छ, हिटरको कारण, यद्यपि, मृत्युको कारण भने पोष्टमार्टमको रिपोर्टबाट मात्रै खुल्नेछ। अहिले नेपालस्थित भारतीय दूतावासको समन्वयमा पर्यटकको शव पोष्टमार्टम गर्ने तयारी भइरहेको छ। हिटर बाल्ने क्रममा असावधानी अपनाउँदा दुर्घटना भएको यो नै पहिलो घटना होइन। यस्ता थुप्रै घटना सार्वजनिक भएका छन्। जाडोसँग जुध्नका लागि हिटर बाल्नैपर्छ।
चिसिँदै गएको वायुलाई सन्तुलित तापमानमा राख्ने कृतिम काइदा हो हिटर, खासगरी बुढाबुढी, रोगी, सुत्केरीका लागि यस किसिमको व्यवस्था गर्नुपर्ने हुन्छ। यसले मानिसलाई चिसोबाट राहत त दिलाउँछ, तर यसले स्वास्थ्य र स्किनमा भने क्षति र्पुयाइरहेको हुन्छ। त्यसैले तपाईँ हिटर वा ब्लोअरको प्रयोग गर्दै हुनुहुन्छ भने पहिला आफ्नो परिवारको सुरक्षालाई सुनिश्चित गर्नुहोस्।
हिटरले यस्ता समस्या निम्त्याउँछ
कहिल्यै पनि बन्द कोठामा हिटर अन गरेर ननिस्कनुहोस्। किनकी यसबाट वाहिरिने कार्वनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ, मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नु हुँदैन। यदि प्रयोग गर्ने हो भने कोठामा ताता पानी राख्न सक्नुहुन्छ। ताकी ब्लोअरको कारण हावा सुख्खा नहोस्।
हिटर जलाएर पनि कहिल्यै निदाउनु हुँदैन। यसो गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ, छालाको लागि पनि हिटर राम्रो मानिँदैन। लामो समयसम्म हिटरमा बस्दा छाला सुख्खा भएर जाने गर्छ। त्यति मात्र नभएर रातो दाग बस्ने, चिलाउनेजस्ता समस्या पनि हुन्छ।
हिटरले आँखालाई पनि सुख्खा बनाउन सक्छ। जसको कारण आखा पोल्ने जस्ता समस्या पनि निम्तिने गर्छ। हिटर या ब्लोअरमा बस्ने बाध्यता छ भने मनतातो पानी पिइराख्नुपर्छ। त्यसको साथमा चिया, कफि, सुपजस्ता पेयपदार्थको पनि प्रयोग गर्नुहोस् र छालामा मोइस्चराइजरको प्रयोग गरिरहनुहोस्।