काठमाडौं – गायिका आस्था राउत अहिले सामाजिक सञ्जालमा भाईरल भएको नाम हो। आस्था राउत विमानस्थल प्रकरणमा कलाकर्मीहरुले मुख खोल्न थालेका छन्। केही दिनसम्म मौन बसेका कलाकार्मीहरु अहिले सामाजिक सञ्जाल मार्फत अगाडि आएका हुन्। यही क्रममा नायिका तथा मोडल रीमा विश्वकर्माले पनि आस्था राउत प्रकरणमा आफ्नो भनाइ सार्वजनिक गरेकी छिन्।
उनले, नागरिकलाई सुरक्षा दिनुको सट्टा सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी हुनसक्छ? भनेर पनि प्रश्न गरेकी छिन्। रीमा लेख्छिन्, ‘देशमा दिनानुदिन जघन्य अपराध घटिरहँदा अनि ठूला अपराधी रिट र तारिखमा खुलेआम हाम्रै वरपर घुमिरहँदा त्यसै त हामी असुरक्षित छौं।
अझ, विमानस्थलको सामान्य नोकझोकलाई लिएर नागरिकविरुद्ध मुद्दामा ओर्लिएको प्रहरी सङ्गठनले आम नागरिकमा प्रहरी प्रशासनमाथि विश्वास भन्दा बढी डर पैदा गरेको छ।’ रीमाले सामान्य घटनालाई मुद्दामा लैजाने प्रहरीले ठूला ठूला घटनामा भने मौनता देखाएको भन्दै आलोचना गरेकी छिन्।
उनको स्टाटस यस्तो छ,
