एजेन्सी – भारतीय टु ह्विलर कम्पनी बजाज अटोले बेलायती मोटरसाइकल कम्पनी ट्राइम्फसँग सहकार्य गरी ७ सय सीसीमा बजाज क्रुजर एभेन्जर मोटरसाइकल निमार्ण गर्ने भएको छ।
आउँदो २४ जनवरीमा यी दुई कम्पनीबीच सहकार्यको औपचारिक घोषण गर्ने कार्यक्रम रहेको छ। उक्त सहकार्यमा बेलायती कम्पनीले अनुसन्धान र विकासको काम हेर्ने छ भने, भारतीय जाइन्ट कम्पनीले उत्पादनको काम गर्ने छ।
पुने नजिक रहेको बजाजको चकन प्लान्टमा दुई कम्पनीको सहकार्यमा प्रिमियम मोटरसाइकल निर्माण गरिने जनाइएको छ। यो सहकार्यले भारतीय बजारमा बढ्दै गएको मिडरेन्ज कम्प्याक मोटरसाइकल सेग्मेन्टमा काम गर्ने छ।
सहकार्यको सुरुवातमा ट्राइम्फको इन्ट्रि लेवल तथा बजाजको फ्ल्यागशिप ७ सय सीसी मोटरसाइकल निर्माण गर्ने भएको छ। २०२२ को सुरुवातमा सार्वजनिक गर्ने भनिएको उक्त ७ सय सीसीको मोटरसाइकल बजाज क्रुजर एभेन्जर हुने अनुमान गरिएको छ।
समयसँगै अपडेट, आर्कषक स्र्पोटी डिजाइन र सस्तो मूल्यमा उपलब्ध रहेको एभेन्जर लोकप्रिय बन्दै गइरहेको छ। बजाज एभेन्जर अहिले १ सय ८० सीसी र २ सय २० सीसीमा बजारमा बिक्री भइरहेको छ। हाल भारतीय बजार ७ सय सीसी क्रुजर सेग्मेन्टमा हार्ले डेभिड्सन स्ट्रीट ७ सय ५०, रोयलइन्फिल्ड ६ सय ५० ट्वीन जस्ता मोटरसाइकल रहेको छ।