एजेन्सी– जाडो मौसममा चाँया पर्नु त सामान्य नै हुन्छ। तर टाउकोमा चाँया परेपछि अनुहार, घाँटी र कपडामा समेत देखिन थाल्छ। जसले गर्दा मानिसहरु निकै समस्यामा पर्ने गर्छन्। त्यसैले चाँयाबाट छुटकारा पाउनको लागि मानिसहरु विभिन्न उपायहरु अपनाउने गर्छन्।
यसको उपचार गरेको केही दिनमा नै फेरि चाँया देखिने गर्छ। बजारमा पाइने थुप्रै औषधिहरुले चाँया हटाउने ग्यारेन्टी लिए पनि पटक पटक यो समस्या दोहोरिरहने भएकाले यसको समाधानको लागि अब केही घरेलु उपायहरु अपनाउन सकिन्छ।
यस्ता छन् चाँयाबाट छुटकारा पाउने घरेलु उपाय
नियमित प्रयोग गरिने स्याम्पुमा अलिकति नुन मिसाएर टाउकोमा लगाउँनुपर्छ। नुन र स्याम्पुको प्रयोग गर्नुभन्दा अगाडि कपाल राम्रोसँग भिजाउँनुपर्छ। नुन र स्याम्पु लगाएको ५ देखि १० मिनेटसम्म राम्रासँग मसाज गरेर पखाल्नुपर्छ। यसले विस्तारै चाँया कम गर्दै लैजान्छ। विशेष गरी कालो नुनको प्रयोग गर्दा चाँया कम हुन्छ।
जाडो र गर्मी दुवै मौसममा चाँयाको समस्या आउँछ भने कालो नुनको प्रयोग फाइदाजनक हुन्छ। कपाललाई हल्का मनतातो पानीमा पखाल्ने र कालो नुन हातमा लिएर कपालमा मसाज गर्ने त्यसपछि तौलियाले बेरेर पाँच मिनेट राखेपछि स्याम्पुले धुने। यो प्रक्रिया केही हप्तासम्म दोहोर्याएमा चाँया हराउँदै जान्छ।