काठमाडौं – प्रतिनिधिसभाको सभामुखका लागि नेकपाबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ। १२ गते हुने चुनावका लागि नेकपाबाट सांसद अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन्।
पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र प्रमुख सचेत देव गुरुङ्, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मदवारी दर्ता गराएका हुन्। योसँगै सापकोटा सभामुख बन्ने पक्का भएको छ।
संघीय संसद सचिवालयको अनुसार उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी नपरेको हो। उम्मेदवारी दर्ताका लागि मंगलबार विहान ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरिएको थियो। पूर्वसभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहारको आरोप लागेपछि गत असोजमा राजीनामा दिएका थिए। त्यसयता प्रतिनिधिसभा सभामुखविहीन थियो।