काठमाडौं– नेपाल एयरलाइन्सको आन्तरिक उडानतर्फको टिकट अब मोबाइल एपबाटै बुकिङ गर्न सकिने भएको छ।
यस्तो एप्स तत्कालका लागि एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध छ भने आइओएसमा केही सातामै यस्तो सेवा उपलब्ध गराइने नेपाल वायुसेवा निगमले जनाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानको टिकट पनि बुकिङ तथा खरिद गर्न मिल्ने गरी काम अगाडि बढिरहेको जानकारी दिएको हो।
एन्ड्रोइडमा एप्सको नाम नेपाल एयरलाइन्स रहेको छ। यसबाट प्रयोगकर्ताले उडानमा हुने ढिलाइ र उडान रद्दलगायतका अन्य जरुरी सूचना समेत प्राप्त गर्न सक्नेछन्। एपबाट बुकिङका लागि ई–सेवा र आईएमई–पेबाट टिकट रकम भुक्तानी गर्न सकिने निगमले जनाएको छ।
नेपाल एयरलाइन्सको एन्ड्रोइड मोबाइल एप डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस्।