एजेन्सी – अमेरिकाका एक चर्चित गायकको गाउँदागाउँदै स्टेजमै मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकाका चर्चित लोकगायक ७१ वर्षीय डेविड ओल्नी रहेका छन्।
उनको शनिबार राती अमेरिकाको फ्लोरिडामा आयोजित संगीत महोत्सवमा गीत गाउँदागाउँदै मृत्यु भएको हो। २० वटाभन्दा बढी एल्बम बजारमा ल्याएका उनको शनिबार उनले गीत गाउने क्रममा अचानक आँखा चिम्लेका थिए।कार्यक्रमको दौरान उनलाई अचानक हृदयाघात भएको बताइएको छ।
यसबारे गीत बजाउँदै गरेकी एमी रिग्वीले आफ्नो फेसबुकमा लेखेकी छिन् लगातार तेस्रो गीत गाउने क्रममा उनले अचानक आँखा चिम्लेका थिए।