काठमाडौं – कतिपय खाना यस्ता हुन्छन् जुन एकैसाथ खाएमा स्वास्थ्यलाई हानीकारक सावित हुन्छ। जस्तैः दुधको साथमा घ्यु अन्डा, रुखकटहर, कोदाको ढिंडो र फापरको ढिडो, माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ।
परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ्। दुधको साथमा बडर,काँचो केरा, आँप, जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन। यसरी खाएमा दम हुने सम्भावना हुन्छ। भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ, गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ।
भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुदैन संगै खाएमा यसले पेटमाअम्लपित्त बढाउँछ, करेलामा साग वा भिण्डी पनि एकसाथ पकाएर खान हुदैन, यसरी खाएमा अम्लपित्त बढ्छ। हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन, यसरी खाएमा क्यान्सर समेत हुन सक्ने खतरा हुन्छ र बाँसको तामा, बडरको फल, मह र दुध सँगै खान हुदैन यसले वीर्य नास गर्छ।