काठमाडौं– निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले आगामी फेब्रुअरीबाट दुई गन्तब्यमा उडान विस्तार गर्ने भएको छ। कम्पनीले काठमाडौंबाट राजविराज र पोखराबाट विराटनगर उडान विस्तारको तयारी गरेको हो।
कम्पनीकले क्षेत्रीय उडान विस्तारका क्रममा ३ फेब्रुअरी २०२० (२० माघ) बाट बुद्धले पोखरा–विराटनगर रुटमा उडान गर्ने भएको जनाएको छ।
यो रुटमा साताको तीन दिन उडान गर्ने गरि योजना अगाडि बढाएको छ। पोखरा–विराटनगर रुटमा सोमबार, बुधबार र शुक्रबार उडान हुने भएको छ।
यता, राजविराजमा भने बुद्धले १ फेब्रुअरीबाट काठमाडौंदेखि दैनिक उडान गर्दैछ। अब राजविराजमा दुई वायुसेवा कम्पनीले प्रतिस्पर्धा गर्ने भएका छन्। यहाँ यसअघि श्री एयरलाइन्सले उडान गरिरहेको थियाे।