काठमाडौं – अजय देवगन स्टारर ‘तान्हाजीः द अनसङ हिरो’ को रिलिजको ११ औं दिनमा पनि यसको सुखद कमाइ जारी रहेको छ।सिनेमाले रिलिजको ११औं दिनमा ८ करोडको कमाइ गरेको वक्सअफिस इण्डिया डटकम नामक वेवसाइटले जनाएको छ। ११ औं दिनसम्ममा आइपुग्दा सिनेमाको कुल कमाइ १७५.४५ करोड भारू पुगेको छ।
सिनेमाले तेश्रो साताको सुरुवात सम्ममा २०० करोड भारुको आँकडा सहजै पार गर्ने अनुमान छ। रिलिजको दोश्रो शुक्रबार सिनेमाले १०.०६ करोड कमाएको थियो भने शनिबार र आइतबार उसको कमाइ क्रमशः १६.३६ र २३ करोड भारू छ। अजयको सिनेमाले रिलिजको पहिलो शुक्रबार १५.१० करोड भारू कमाएको थियो भने दोश्रो दिन शनिबार २० करोड कमाएको थियो।
समीक्षकबाट मिश्रित प्रतिक्रिया बटुलेको सिनेमलाई भारतीय दर्शकहरुले भने रुचाएका छन्। सिनेमालाई विशेषगरी महाराष्ट्रका दर्शकहरुले मनपराएका छन्। सिनेमामा अजय देवगन छत्रपति शीवाजीका सेनापति सुवेदार तान्हाजी मालुसरेको भूमिकामा देखिएका छन्। सिनेमामा अजयका अलावा काजोल, सैफअलि खान, पंकज त्रिपाठी तथा शरद केलकर जस्ता ख्याति प्राप्त कलाकारहरुको प्रमुख भूमिका रहेको छ।