काठमाडौं– चलचित्र ‘सेल्फी किङ्ग’ मा विपिन कार्कीको लुक्स हलिउड चलचित्र जोकर सँग मिलेको भनी केही आलोचना भएको थियो। चलचित्रमा समावेश ‘जिन्दगीको के छ र भर’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ। यो गीतले चलचित्र ‘प्रसाद’ को ‘सारङ्गी रोयो कहाँ रोयो’ बोलको गीतको याद दिलाउँछ।
सुभाष भुषालको संगीत रहेको गीतमा सुरज गैरेको शब्द, केतन क्षेत्रीको स्वर छ। माघ २४ गतेबाट रिलिज हुने यो चलचित्रमा विशाल सापकोटाको लेखन तथा निर्देशन छ। दिनेश राउत र सुभाष थापा निर्माता रहेको चलचित्रमा प्रवल कोइराला र राजेश विसुराल सह–निर्माता छन्। चलचित्रमा सुशन प्रजापतिको छायाँङ्कन, निर्मल कुमार लामाको कोरियोग्राफी छ।
यो चलचित्रमा विपिन कार्की, लक्ष्मी वर्देवा, भूवन चन्द, अभय बराल, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। ‘सेल्फी किङ्ग’ नाम गरेको एक चर्चित टेलिभिजन कलाकारको ३ दिने यात्राको कथामा यो चलचित्र बनेको छ।
https://www.youtube.com/watch?v=PYIlWmn0-C0&feature=youtu.be