काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्टार खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय वुमन्स आई लिग खेल्न मंगलबार भारत प्रस्थान गरेका छन्।
घरेलु टिम एपीएफ क्लबबाट खेल्ने यी दुवै खेलाडीले अघिल्लो बर्षको आई लिग पनि खेलेका थिए। अघिल्लो बर्ष दुवै खेलाडीले सेथु एफसीबाट खेलेका थिए भने यो बर्ष एक अर्काको विरुद्व खेल्ने छन्।
यो बर्ष सावित्राले आई लिगमा क्लब परिवर्तन गरेकि छन्। यस सिजनको लिग सावित्राले गोकुलम केरलाबाट खेल्न लागेको बताइएको छ। गोकुलमले राम्रो प्रस्ताव ल्याएपछि आफूले क्लब परिवर्तन गरेको सावित्राले बताइन्।
अघिल्लो बर्ष सेथु एफसी च्याम्पियन बनेको थियो।