काठमाडौं – मोबाइल एप रिचार्जरले जनवरी महिनाभर आफ्नो बिगसेल अफर सञ्चालन गर्ने भएको छ।
भ्रमण वर्ष २०२०लाई लक्षित गर्दै सोमबारदेखि सुरु भएको रिचार्जरको बिग सेलमा पहिलो दिनमै २२ हजार अर्डर प्राप्त भएको थियो। जसकारण कम्पनीले अफरको अवधि लम्ब्याउने जनाएको हो।
रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बिग सेलमा दिइएका अफरहरु निरन्तरता दिनुका साथै नयाँ अफर थप गर्ने बताए। सेवाग्राहीको अधिक चासोका कारण बिगसेलको दिन एपमा अधिक चाप पर्नुका साथै केही समय बन्द समेत भएको थियो। तर उक्त समस्या केहीबेरमै समाधान भएको उनको भनाई छ।
नेपाल भ्रमण वर्ष सचिवालयको आधिकारिक ई–कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरले बिगसेलमा नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराइ रहेको छ।
कम्पनीका अनुसार जनवरी महिनाभर ग्राहकले रिचार्जर एप मार्फत खरीद गर्दा मेगा डिल अन्तरगत ६० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन्। भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीन वटा नयाँ प्रडक्ट तथा सेवा पनि सुरु गरिने जनाएको छ।
जसमा डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा आकर्षक अफरहरु उपलब्ध हुनेछन्। २४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुने कम्पनीले जनाएको छ।
रिचार्जरले मोबाइल रिचार्जमा त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य सेवाको खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ। यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छूटका रुपमा प्रयोग गर्न सकिन्छ।