काठमाडौं– नायिका निकिता चण्डकले हुन त ‘साङ्लो’ भन्दा अगाडि उनले ‘रानीमहल’ अभिनय गरेकी थिइन्। उक्त फिल्म बिचमा अड्किएको कारण रिलिज हुन लागेको पहिलो ‘साङ्लो’ भएको हो। ‘साङ्लो’ अभिनेता बिराजले नै निर्माण निर्देशन गरेको फिल्म हो। फिल्मले मृगौला तस्करीको कथा उठाएकोले दर्शकले रुचाउने निर्माण पक्षको आशा रहेको छ।
केही दिन अगाडि फिल्मको नयाँ गीतको राजधानीमा छायाँङ्कन भएको थियो। गीतमा विराज र निकिताले एकसाथ नृत्य समेत रहेका थिए। उक्त गीत सुटिङ समयको केही तस्बिर अहिले निर्माण युनिटले सार्वजनिक गरेको छ। जसमा निकितालाई ‘हट एण्ड बोल्ड’ अवतारमा देख्न सकिन्छ। उनको पहिरनले काठमाडौंको चिसो मौसमलाई समेत चुनौती दिएको छ। फिल्मको चर्चाका लागि निर्माण युनिटले यो गीत डान्सिङ् नम्बरको रुपमा थपेको हो।
गीतको बेला र अन्य पक्ष भने अहिले सार्वजनिक गरिएको छैन। फिल्ममा बिराज र निकिताको अलवा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ। शिवम अधिकारीको लेखनमा रहेको फिल्ममा सुरेश अधिकारी र राजनराज सिवाकोटीको उत्कृष्ट संगीत रहेको छ।