विराटनगर– लायन्स क्लब विराटनगर सिटी स्थापना भएको १२ वर्ष पुगेका अवसरमा आगामी माघ १० गते १०३ वटा विभिन्न सामाजिक कार्य गर्ने भएको छ।
‘हामी सेवा गर्छौं ’ भन्ने मूलमन्त्रलाई आत्मसात गरी विपन्न समुदाय र सीमान्तकृत बालबालिका तथा गरिब एंव विपन्न मानिसलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न सामाजिक कार्य गर्ने सिटीका अध्यक्ष घनश्याम पाेखरेलले जानकारी दिए।
विराटनगर–५ स्थित एभरेष्ट उच्च माविमा स्वास्थ्य–एलोपेथिक, होमियोपेथिक, आयुर्वे्दिक, योग सेवा, अति विपन्नवर्गका ५०० विद्यार्थीलाई स्टेसनरी सामग्री, भिजिट नेपाल–२०२० को प्रवद्र्धन, बालप्रवद्र्धन, मधुमेह स्वास्थ्य जाँच र रोगथामका उपायलगायत कार्य गर्ने जनाइएको छ।
यसैगरी रक्तदान, दक्ष चिकित्सकसहित निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हने कार्यक्रममा पाँच हजारभन्दा बढी लाभान्वित हुने विश्वास अध्यक्ष पोखरेलको छ। रासस