काठमाडौं– ‘बोल माया र गलबन्दी’ जस्ता सुपरहिट गीतकी नायिका अन्जली अधिकारी अहिलेकी हट केक हुन्। कतिपय नायिकाहरु फुर्सदिलो समय बिताईरहेको अवस्थामा उनलाई अहिले भ्याई नभ्याई कामको चाप छ। नेपाली लोक, आधुनिक,पप र चलचित्रका गीतमा उनको उतिकै व्यस्तता रहेको छ। केही समय अगाडि उनले नव–नायक शंकर कडेलसँग ‘लर्के जोवन’ गीतमा निकै आकर्षक पहिरनमा नृत्य र उस्तै खतरा रोमान्स पनि गरेकी छिन्।
उनको सुन्दरता, लज्जालुपन अनि चञ्चलताले दर्शकको ठूलो तारिफ पाउँन सफल भएकी छिन्। अहिलेकी सर्वाधिक रुचाईएकी व्यस्त नायिका अन्जली ‘लर्के जोवन’ गीत पनि आफुले काम गरेका गीत मध्येको राम्रो गीत भएको बताउँछिन्। भक्तपुरको घ्याप्पे डाँडामा सुटिङ् भएको गीतको म्यूजिक भिडियोलाई शिव विकले निर्देशन गरेका हुन्। बरिष्ठ लोक गायिका बिमाकुमारी दुराले शंकरलाई आवाजमा साथ दिएकी छिन्।
टिकटक देखि विभिन्न एफ.एमहरुमा अहिले यो गीत गुञ्जिरहेको छ। ‘लर्के जोवन नफाल खेर डाँडैमा घाम हेर’ भन्ने निकै मिठो थेगो र अन्जलीको नृत्यका कारण गीत थप राम्रो बनेको छ। समग्रमा गीत एकदमै उत्कृष्ट बनेको छ। नयाँ अनुहार भएतापनि निकै हेन्सम शंकर पनि दर्शकको नजरमा सजिलै पर्न सफल भएका छन्। धेरै अन्र्तवार्तामा उनलाई जर्मनीमा किन बस्ने यति सुन्दर मान्छेले अभिनयलाई निरन्तरता दिएर यतै बस्दा हुदैन र भनी सोधेका छन्। तर उनले अध्ययन सकेर छिट्टै नेपाल फर्कने बताएका छन्। शंकर कडेलको अफिसियल यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=9_9pvPOioc4