एजेन्सी– भनिन्छ प्रेम अन्धो हुन्छ। यसले जात, धर्म, जाती, उमेर, समाज केही पनि हेर्दैन। यो भनाईलाई पुष्टि गर्ने एउटा घटना सार्वजनिक भएको छ।
तपाईले समलिंगी विवाह त सुन्नुभएकै होला। तर, रुखसँग विवाह पक्कै सुन्नुभएको छैन होला। अस्ट्रेलियाका एक महिलाले पुरुषसंग होइन रुखसंग विवाह गर्ने फैसला गरेकी छिन्।
उनले कुनै पुरुषको साथमा भन्दा रुखसँग सम्बन्ध राखेकोमा खुशी भएको बताएकी छिन्। एम्मा नामकी महिलाले रुखको नाम टिम राखेकी छिन्। एम्माले कुनै पुरुषले दोस्तीको रुपमा अफर गरेपनि आफुले अस्विकार गर्ने जानकारी दिएकी थिइन।
उनको यस्तो फैसला पश्चात परिवारले कुनै प्रतिक्रृया भने दिएको छैन। एम्माको रुखसंग विवाह गर्ने फैसला सुनेर चिकित्सकले उनलाई डेंडोफीलिया नामको रोगबाट पीडित भएको बताएका छन् ।
यो रोगका बिरामी रुखप्रति यौन आर्कषण हुने गर्छन्। यसैकारण एम्माले रुखसंग विवाहको योजना गरेको बताइएको छ।