काठमाडौं– विश्वको धेरैजसोे भान्सामा प्रयोग हुने मसला हो, लसुन। खानालाई स्वादिष्ट बनाउँन बाहेक लसुनलाई केही घरेलू उपचारमा पनि प्रयोग गरिन्छ। लसुनको केही परम्परागत महत्व छन्, जसले नकारात्मक शक्तिलाई भगाउन सक्छ। लसुनबाट धेरै क्यालोरिज पाइन्छ। सय ग्राम लसुनमा सयभन्दा बढी क्यालोरी पाइन्छ।
यसमा कार्बोहाइड्रट र प्रोटिन प्रसस्त मात्रामा पाइन्छन्, जसले हाम्रो शरीरिक तथा मानसिक दुवै स्वास्थ्यमा सुधार ल्याउँछ। लसुनले संक्रमण तथा अपच र श्वासप्रश्वाको समस्यालाई ठिक पार्छ। लसुनमा पाइने ‘एन्टिअक्सिडेन्ट’ र ‘एन्टी–इन्फ्लामेटोरिज’ले मृटुलाई स्वास्थ्य राख्छ भने, लसुनले शरीरमा रहेको कोलेस्ट्रोललाई नियन्त्रण गर्दछ।
किन राखिन्छ सिरानीमुनि लसुन
सिरानीमुनि लसुन राख्नुको पुरानो मान्यता छ। यसले मिठो निन्द्रा लगाउँछ भन्ने मान्यता राखिन्छ। यसले बिशेषगरी त्यस्ता व्यक्तिलाई फाइदा गर्छ, जसलाई निन्द्रा पर्न गाह्रो हुन्छ। लसुनको सल्फरयुक्त यौगिक र कडा सुगन्धको शान्त प्रभावले मिठो निन्द्रा लगाउँछ। एक पटक प्रयाग गर्नुहोस, यो तरिका तपाई यसको असर थाहा पाउँनुहुनेछ।
त्यस्तै, सिरानीमा लसुन राख्नाले हामीमा दिनभरी सकारात्मक प्रभाव पार्नका साथै अर्को दिनको लागि रातभर ऊर्जा संकलन गर्छ। सुरुमा लसुनको सुगन्धले केहीलाई अप्ठ्यारो पर्न सक्छ तर नियमित यसरी सिनारी मुनी लुसन राख्नाले बानी पर्छ र यसको बास्नाले राम्रो निन्द्रा पर्दछ।