काठमाडौं– निद्राबाट मध्यरातमा ब्युँझेपछि फेरि निदाउन समस्या हुने गर्दछ। यस्तो भएमा भोलिको दिनभरी तनाव हुने गर्दछ। कसैको बानी उठेपछि घडी हेर्ने र पानी खाने बानी हुन्छ। निद्रा विशेषज्ञका अनुसार यस्ता चीज मध्यराती उठ्ने बेला कहिलेपनि गर्नुहुँदैन।
राति उठेर घडी हेर्ने बानी नगर्नुहाेस्
राति पूरै समय सुत्न नसक्नु धेरै युवाहरुको समस्या हुने गर्छ। यस्तो समस्याबाट डराउनु नपर्ने डाक्टरहरु बताउँछन्। राती उठ्दा घडी हेर्ने बानीका कारण धेरैजनाको निद्रामा समस्या हुने गर्दछ। यदि तपाइँलाई विहानै उठ्नु छ भने घडीमा अलाम राख्नसक्नु हुन्छ, तर राती उठेर घडी हेर्ने बानी गर्नुहुँदैन यसले निदाउनमा समस्या हुने गर्दछ।
अनावश्यक शौचालय नजानुहोस्
बेडमा सुतिरहेकै अवस्थामा रक्तसञ्चार सामान्य हुने गर्छ। मध्यराती उठेर यसो गर्दा फेरि निदाउन समस्या हुनसक्छ। राती उठीसकेपछि कोहीको शौचालय जाने बानी हुनसक्छ। अत्यावश्यक अवस्थामा बाहेक मध्यराती उठेर शौचालय जाने बानीले गर्दा निदाउन समस्या हुन्छ।
त्यसैले ब्युँझेपनि शरीरलाई स्थिर बनाएर सुतिराख्नु नै उपयुक्त हुने गर्छ। शरीरलाई सकेसम्म आराम अवस्थामा राख्न सक्नु नै निदाउनुकाे लागि राम्रो उपाय हो।