धादिङ– धादिङमा वडास्तरीय फुटवल प्रतियोगितामा रेफ्रि वाट हटाएको विवादले अग्ररुप लिदा एक जनाको हत्या भएको छ।
खनियाबासमा गुरास युवा क्लवले आयोजना गरेको अन्तर वडा फुटवल प्रतियोगितामा २ दिन सम्म रेफ्रि राखिएका सन्त बहादुर तामाङको हत्या भएको हो। स्थानिय राम तामाङ र उनका भाई रोशन तामाङले जीआई पाईप प्रहार गर्दा सन्तबहादुरको मृृत्यु भएको हो। घटनामा अन्य तीन जना घाईते भएका छन्। दुवै जनालाई प्रहरीले गएरातीनै नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार फुटबल प्रतियोगितामा भएको विवादले उग्र रुप लिएपछि यो घटना भएको हो। नेपाली सेनाका भगौडा समेत रहेका राम तामाङ यस अघि पनि विभिन्न घटनामा अवद्ध रहेको प्रहरीको रेकर्डमा उल्लेख छ।